उत्तर कोरियामाथि कारबाही गर्न जापान र अमेरिकाको माग

टोकियो,  माघ २६- अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री सिन्जो अबेले उत्तर कोरियामाथि कारबाही हुनुपर्ने माग गर्नुभएको छ ।

उहाँहरुबीच मङ्गलबार सो विषयमा फोनवार्ता भएको थियो । वार्ताका
क्रममा सो विषयमा सहमति भएको बताइएको छ ।

उत्तर कोरियाले गरेको रकेट प्रक्षेपणका कारण संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शान्ति तथा निशस्त्रीकरणसम्बन्धी सम्झौताको उल्लङ्घन भएकोले उत्तर कोरियाका बिरुद्धमा कारबाही हुनु आवश्यक रहेको उहाँहरुको भनाई छ ।

उत्तर कोरियाले यस पटकमात्र नभएर बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्ने गरेको र यसले अन्तर्राष्ट्रिय शान्ति तथा मैत्री सन्धि सम्झौताहरुको पनि उल्लङ्घन गरेकोले यस पटक उक्त देशमाथि कारबाही हुनुपर्ने माग गरिएको हो ।

उत्तर कोरियाले गएको आइतबार लामोदुरीसम्मको एक शक्तिशाली रकेट प्रक्षेपण गरेको थियो । त्यस घटनाको विश्वव्यापी रुपमा विरोेध जारी रहेको छ ।

Leave a Reply