राजमो सम्मेलन फागुन ७–९मा बुटवलमा

बुटवल, माघ २६- राष्ट्रिय जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन आगामी फागुन ७– ९ गते बुटवलमा हुने भएको छ ।
राष्ट्रिय सम्मेलनको तयारीका क्रममा सम्मेलनलाई ऐतिहासिक बनाउने योजनासहित राजमोले यति बेला जिल्ला भेला, सम्मेलन र राष्ट्रिय सम्मेलनको प्रचारलाई तीव्रतर गतिमा अगाडि बढाइरहेको छ ।

सम्मेलनस्थल बुटवलमा राजमोका केन्द्रीय नेता खटिएर राष्ट्रिय सम्मेलनको प्रचार प्रसार र तयारीमा जुटिरहेका छन् ।
यसैगरी देशका अधिकांश जिल्लामा राजमोका भेला तथा सम्मेलन सम्पन्न भइरहेको पार्टीले जनाएको छ । पार्टीले जिल्लाहरूमा फागुन ४ सम्ममा भेला तथा सम्मेलन सम्पन्न गरिसक्ने राजमो क्षेत्रीय कार्यालय बुटवलले जनाएको छ । पार्टीका नेता रश्मिराज नेपालीले सम्मेलन सफल पार्न देशभर कार्यकर्तालार्ई परिचालन गरिएको बताउनु भयो ।

एक उत्तर छोड्न