अख्तियारका सबै कार्यक्रम स्थगित

गरिबी

काठमाडौँ, माघ २६ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ‘रजत महोत्सव–२०७२’ का सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार पूर्व-प्रधानमन्त्री सुशील कोइरालाको निधन भएकामा सरकारले बुधबार सार्वजनिक बिदा दिने, तीन दिनसम्म राष्ट्रिय झन्डा झुकाई शोक मनाउने र कुनै पनि सरकारी औपचारिक कार्यक्रम नगर्ने भन्ने निर्णय अनुसार कार्यक्रम स्थगन गरिएको हो ।आयोगले यही माघ २८ गते रजत महोत्सव मनाउने कार्यक्रम तय गरेको थियो । पूर्व-प्रधानमन्त्री कोइरालाको निधन पछिको परिस्थिति लाई ख्याल गरेर सबै कार्यक्रम स्थगन गरिएको प्रवक्ता पुष्करले जानकारी दिनुभयो ।

आयोगले अब अर्को सूचना जारी नगरे सम्म कुनै पनि कार्यक्रम नगर्न नगराउन निर्देशन पनि दिएको छ  |

Leave a Reply