मानव अधिकार आयोगलाई सबल बनाउनुपर्छ – अध्यक्ष शर्मा

जनकपुरघाम,  माघ २६- राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मधेस आन्दोलनका क्रममा अधिकारको यथार्थ स्थिति सार्वजनिक गर्न आयोग क्रियाशील रहेको बताउनुभएको छ ।

आयोगद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले नियन्त्रणको वैकल्पिक उपाय हुँदाहुँदै सुरक्षाकर्मीले गोली प्रयोग गर्नु अनुसन्धानको विषय भएको पनि बताउनुभयो ।
अध्यक्ष शर्माले सरकारले आयोगलाई सशक्त बनाउन कुनै पहल गरिरहेको छैन भन्दै आयोगलाई बलियो बनाउन फौजदारी मुद्दा दायर गर्ने अधिकार दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

आयोगले सिफारिस गर्ने तर सरकारले कार्यान्वयन नगर्ने स्थितिका कारण आयोगप्रति नै प्रश्नको अवस्था सिर्जना भएको समेत उहाँले धारणा राख्नुभयो ।

आयोगका सदस्य मोहना अन्सारीले आन्दोलनमा सुरक्षाकर्मीबाट अधिक बल प्रयोग गरी छाती र टाउकोमा गोली हानेको घटनाबारे सरकारलाई पटक–पटक ध्यानाकर्षण गराएको बताउनुभयो ।

कार्यक्रममा राजनीतिकर्मी, पत्रकार र अधिकारकर्मीहरूले आयोग प्रभावकारी नभएका कारण प्रश्नको घेरामा छ भन्नुभयो ।

Leave a Reply