चीनसँगको सम्बन्ध अझै राम्रो हुने

0

लन्डन,  माघ २६- यस वर्ष अर्थात् सन् २०१६ मा बेलायत र चीनबीचको सम्बन्ध अझै राम्रो हुने बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले सोमबार बताउनुभएको छ ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा भएको एक समारोहमा क्यामरुनले सो कुरा बताउनुभएको हो ।

बेलायत र चीनबीचको सम्बन्धको विषयमा प्रकाश पार्दै क्यामरुनले ‘यदि तपाई एक वर्षको समृद्धि चाहनु हुन्छ भने अन्न उमार्नुस, यदि तपाई दश वर्षको समृद्धि चाहनु हुन्छ भने रुख उमार्नुस र यदि तपाई हजारौँ वर्षको समृद्धि चाहनु हुन्छ भने जनता जनताबीच सुमधुर सम्बन्धको अपेक्षा गर्नुहोस्’ भन्नु भो ।

गत वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङले बेलायतको भ्रमण गर्नुभएको थियो । द्विपक्षीय सम्बन्ध सुधारको चीन र बेलायतका लागि यो सुनौलौ वर्षको रूपमा रहेको थियो ।

तर सन् २०१६ पनि दुई देशबीचको सम्बन्ध अझै राम्रो हुने क्यामरुनले बताउनुभएको हो।

बेलयाती प्रधानमन्त्री क्यामरुनले सो समारोहमा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा हार्दिक बधाई ज्ञापनसमेत गर्नुभएको बताइएको छ ।

एक उत्तर छोड्न