बाबुरामपुत्री मानुषीको लगन गाँठो जुर्यो

जेकेन्द्र मानुषी

काठमाडौँ, माघ २७ – नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा . बाबुराम भट्टराई र हिसिला यमीकी एक मात्र सुपुत्री मानुषी यमी भट्टराईको  लगन गाँठो जुरेको छ |

हाल भारतको जे एन युनिभर्सिटीमा अनुसन्धानरत मानुषीको तनहुँ निबासी जेकेन्द्र श्रेष्ठ संग बिबाह हुने भएको हो  | क्यापिटल खबरलाई प्राप्त समाचार अनुसार  उनीहरुको बैबाहिक कार्यक्रम भने यहि फाल्गुन १ गते हुने भएको छ |

jekendra  and manishi
जेकेन्द्र श्रेष्ठ पनि नयाँ शक्ति अभियानका विद्यार्थीका केन्द्रीय अभियन्ता हुन् | स्रोतले जनाए अनुसार यी दुवै जना पुरानो एमाओबादीमा रहँदै देखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ |

उनीहरुको बैबाहिक कार्यक्रम काठमाडौंबाट नै हुने र सो कार्यक्रम सामान्य तवरले हुने बताइएको छ |

Leave a Reply