लोडसेडिङ अब दिनको १५ घण्टासम्म

loadshading-capital-khabar
loadshading-capital-khabar

काठमाडौं पुस २० – नेपाल विद्युत प्राधिकरणले फेरि एक दिनमा १५ घण्टासम्म लोडसेडिङ हुने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । सोमबारदेखि लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो ।
प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने भाषण गरेर हिँडिरहँदा विद्युत प्राधिकरणले भने फेरि लोड सेडिङ हो ।

नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोड सेडिङ थप हप्ताको ९ घण्टा बढाउने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । र अब दिनमा १५ घण्टासम्म वत्ति आउने छैन ।
यसअघि सातामा ७७ घण्टा रहेको लोड सेडिङ बढाएर ८६ घण्टा पुर्याइएको छ । नयाँ तालिका अनुसार अब साताको ३ दिन १३ घण्टा, एकदिन १५, एकदिन १४, एक दिन १० र एक दिन ८ घण्टा बत्ति आउने छैन ।
हाल मुलुकभर एक हजार २७५ मेगावाट विद्युत्को माग रहेकामा सञ्चालनमा रहेका आयोजनाबाट ३१० मेगावाट मात्रै विद्युत उत्पादन भएको उनले बताए । अहिले भारतबाट २३५ मेगावाट विद्युत आयात भइरहेको छ । केन्द्रीय प्रणालीमा ७२० मेगावाट विद्युत अपुग हुँदै आएको छ ।

Leave a Reply