दलदलमा फसेर गैंडाको मृत्यु

0

रत्ननगर (चितवन),माघ २७ – चितवन  राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा एउटा दलदलमा फसेर गैंडाको मृत्यु भएको छ ।

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार निकुञ्जको कछुवानी पोस्ट नजिकै दलदलमा फसेर गैंडा मरेको हो ।

दलदलमा फसेको अवस्थामा मृत भेटिएकाले गैँडालाई निकाल्न नसकिएको तर हात्तीको सहायतामा खाग भने निकालिएको उहाँले जानकारी दिनुभयो । सो गैँडा भाले र पोथी कुन हो पहिचानसमेत हुन सकेको छैन ।
यसअघि गत पुसमा पूर्वी चितवनको कुमरोज क्षेत्रमा एउटा गैंडा मृत फेला परेको थियो । वन्यजन्तु चोरी सिकार नियन्त्रण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकका अनुसार अर्काे गैँंडासँग जुधेर भाले गैँंडा मरेको थियो ।

चितवन निकुञ्जमा गएको एक वर्षमा १० गैँंडा कालगतीले मरेको निकुञ्जले जनाएको छ । विगत केही वर्षदेखि चोरी सिकारबाट गैँंडा मरेका छैनन् । जिल्लमा तीन पटक शुन्य चोरी सिकार वर्ष मनाइसकिएको छ ।

एक उत्तर छोड्न