जनता परिवर्तन चाहन्छन्– स्यान्डर्स्

3

कन्कर्ड (संयुक्त राज्य अमेरिका),  माघ २७- संयुक्त राज्य अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवार बर्निस स्यान्डर्स्ले जनताले परिवर्तन चाहेको र सोही अवस्था न्यु ह्याम्प्स्फेयरको निर्वाचनले देखाएको बताउनुभएको छ ।
राष्ट्रपतीय निर्वाचनका क्रममा जारी रहेको प्रारम्भिक प्रतिश्पर्धामा उहाँले न्यु ह्याम्स्फायरमा अर्का उम्मेदवार हिलारी क्लिन्टनलाई हराउनुभएको छ ।
सो निर्वाचान परिणामपछि गर्नुभएको सम्बोधनका क्रममा सो धारणा राख्नुभएको बताइएको छ ।
निकै नै प्रतिश्पर्धात्मक हुन्छ भनिएको सो निर्वाचनको परिणामपछि आफ्ना समर्थकहरुसँग उहाँले यस क्षेत्रको परिणामले अमेरिकी जनता परिवर्तन चाहन्छन् भन्ने प्रमाणित भएको बताउनुभयो ।
कन्कर्डमा रहेको उहाँको पार्टीको मुख्यालय समर्थकहरुलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– जनताले अहिलेको संस्थापन पक्षीय राजनीतिक व्यवस्थाका साथै आर्थिक एवम् अन्य व्यवस्थामा पनि जनताले परिवर्तन चाहेका छन् ।
अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनका लागि प्ररम्भिक स्पर्धाहरु जारी रहेका छन् । मङ्गलबार न्यु ह्याम्सफायरमा सो प्रतिश्पर्धा भएको थियो ।

एक उत्तर छोड्न