कोइरालाको निधनप्रति दुःख व्यक्त

कोइरालाको पार्थिव शरीर

भक्तपुर,  माघ २७-  नेपाल मजदुर किसान पार्टीले पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

नेमकिपा केन्द्रीय कार्यसमितिले आज एक विज्ञप्ति जारी गरी कोइरालाको निधनमा दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति कोइरालाको निधनमा नेमकिपा दुःख व्यक्त गर्दै श्रद्घाञ्जलि अर्पण गर्दछ । साथै शोक सन्तप्त परिवार, नेपाली काँग्रेसका नेता तथा कार्यकर्तामा समवेदना व्यक्त गर्दछ ।”

Leave a Reply