होमस्टे सञ्चालकहरुको राष्ट्रिय भेला अमलटारीमा

होमस्टे सञ्चालकहरुको पहिलो राष्ट्रिय भेला अमलटारीमा

कावासोती,  माघ २८ – देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेका होमस्टे  सञ्चालकहरुको पहिलो राष्ट्रिय भेला  अमलटारीमा हुने भएको छ ।

सरकारमा दर्ता भई सञ्चालनमा आएका तीनसय घरबासका सञ्चालकको सहभागितामा यही फागुन ७, ८ र ९ गते भेला हुने भएको अमलटारी थारु होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दानियाले जानकारी दिनुभयो ।

आर्थिक विकास गर्नका लागि गाउँलाई पर्यटकीय क्षेत्र बनाई आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउनका लागि यसले  सञ्चालनले योगदान दिएको छ ।

ग्रामीण क्षेत्रको प्रचारप्रसार र उन्नतिका लागि होमस्टे एसोसिएसन नेपालमार्फत पर्यटन विकास गरी सीमान्तकृत जनसमुदायको जीवनस्तर उकास्न, सांस्कृतिक–प्राकृतिक सम्पदाको संरक्षण गर्न, गरिबी निवारण गर्ने, पर्यापर्यटन, जैविक विविधता, दुर्लभ वन्यजन्तु संरक्षण गर्न सहयोग पुर्याउने काम गरेको होमस्टे एसोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनका संयोजक पिशुराम चौधरीले जानकारी दिनुभयो ।

राष्ट्रिय भेलाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गर्नुहुने बताइएको छ ।

Leave a Reply