प्रतिनिधि छनौट नहुँदै अनेरास्ववियुको सम्मेलन सुरु

0
अनेरास्ववियु

क्यापिटल खबर सम्बाददाता , काठमाडौँ , माघ २८ – सत्ताधारी पार्टी नेकपा एमालेको भगिनी संगठन अनेरास्ववियुको  २२ औँ राष्ट्रिय सम्मेलन प्रतिनिधि छनौट नहुँदै सुरु हुने भएको छ |

बिहिबार राजधानीको भृकुटीमण्डपमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीद्वारा उद्घाटन हुन लागेको अनेरास्ववियुको  २२ औँ राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्या सम्म पनि सम्मेलनको प्रतिनिधि भने सबै ठाउँमा चयन हुन सकेका छैनन् |

अनेरास्ववियु गोरखा काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष प्रविन अधिकारीले क्यापिटल खबरलाई बताए अनुसार अझै पनि केहि बिबादित ठाउँमा सम्मेलन प्रतिनिधि चयन हुन सकेका छैनन् | उनका अनुसार संगठन भित्रको दुई पक्षको आन्तरिक बिबादका कारण राजधानीकै अमृत क्याम्पस, क्याम्पस जिल्ला कमिटी, मोरंग जिल्ला कमिटी, सान इन्टरनेशनल कलेज लगायतका ठाउँहरुमा सम्मेलन प्रतिनिधि छनोट हुन नसकेको हो |

२२ औँ राष्ट्रिय सम्मेलनमा अनेरास्ववियुको केन्द्रीय समितीका लागि नविना लामा र दीपक गौतमको दुई समूह प्रतिस्पर्धामा छ |

एक उत्तर छोड्न