संगीत संघका उपाध्यक्ष रामजी पन्तलाई पितृ शोक

क्यापिटल खबर सम्बाददाता, काठमाडौँ ,माघ २८- नेपाल संगीत संघका उपाध्यक्ष रामजी पन्तलाई पितृ शोक परेको छ |आशिष म्युजिक प्रालिका संचालक समेत रहनु भएका रामजी पन्तको पिता बिल भद्र पन्तको बिहिबार बिहान त्रि बि शिक्षण अस्पतालमा निधन भएको हो |

उहाँलाई पिसाब थैलीमा समस्या आएपछि बुधबार त्रि बि शिक्षण अस्पताल लागिएको थियो |उहाँको निधन प्रति संगीत संघले समबेदना प्रकट गरेको छ |विभिन्न संगीतप्रेमी तथा कलाकारहरुले पशुपति आर्यघाटमा पुगी श्रद्दान्जली दिनु भएको थियो|

नेपाल क्यापिटल खबर प्रालि पनि बिल भद्र पन्तको  निधन प्रति हार्दिक समबेदेना प्रकट गर्दछ|

Leave a Reply