नेपाली जनताको हित विपरित सम्झौता हुँदैन- ओली

akhil-sammelan

काठमाडौं माघ २८ ,  – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै भारत भ्रमणमा जान लागेको बताउंदै भनेका छन् ” नेपाली जनताको हित विपरित सम्झौता हुँदैन”  ।

बिहीबारबाट राजधानीमा सुरु भएको नेकपा एमाले निकट  विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले  आफू छिट्टै भारत भ्रमणमा जाने भन्दै भने-“नेपाली जनताको हित विपरित सम्झौता हुँदैन । स्वाभिमान झुक्न दिन्नँ ।’

ओलीले एमालेमा कुनै गुटबन्दी नभएको र हुन नदिने उनले बताए । विद्यार्थीमा गुटबन्दी भएको आरोप अस्वीकार गर्दै उनले भने-सके मिलेर जानुस्, नसके लोकतान्त्रिक प्रक्रियाबाट चुनाब जितेर आउनुस् । जितेर आउने नै अनेरास्ववियुको अध्यक्ष हो र मेरो पनि अध्यक्ष हो ।’

अर्को फरक प्रसंगमा प्रधानमन्त्री ओलीले तुइन हटाएर छाड्ने भन्दै ०७४ सालको साउनमा कतै तुइन देखिए फोटो खिचेर ल्याउन चुनौती दिए । आगामी असारसम्ममा योजना बन्ने र अर्को असारसम्ममा तुइन हटाएर झोलुङ्गे पुल राख्ने समेत उनले बताए

२२ औँ राष्ट्रिय सम्मेलनमा अनेरास्ववियुको केन्द्रीय समितीका लागि नविना लामा र दीपक गौतमको दुई समूह प्रतिस्पर्धामा छ |

एक उत्तर छोड्न