ऐनमा सहकारी अभियानलाई समेट्नुपर्ने माग

1

काठमाडौँ, माघ २८ – राष्ट्रिय सहकारी सङ्घ लि ले मुलुकमा संविधान जारी भएपछि नयाँ परिवेशमा बन्न लागेको सहकारी ऐनमा सहकारी अभियानलाई समेट्नुपर्ने माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष एवं सांसद केशवप्रसाद बडालले सहकारीको भूमिकालाई बढाएर राष्ट्रिय उत्पादनमा जोड्न सकेमा जनताले आर्थिक गतिविधि सञ्चालन गर्न सक्ने र देशमा गरिबी निवारण हुने बताउनुभयो ।

सांसद राजेन्द्रप्रसाद पाण्डेले विश्व सहकारी अभियानका मर्यादित व्यवस्था र नेपालको परिप्रेक्षमा तीनखम्बे अर्थनीतिलाई समेत आत्मसात् गर्ने गरी विज्ञ तथा सरोकारवालासँग छलफल तथा परामर्श गरी दिएका सुझाव अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयले अहिले नयाँ ऐन बनाउन लागिरहेको छ । अभियान सुरु भएको अहिले ५९ वर्ष पुगेको छ । अहिले देशभर ३३ हजार सहकारीमा करिब ५१ लाख नागरिक आबद्ध भएको बताइएको छ । रासस

एक उत्तर छोड्न