पत्रकार जोशीको निधन

काठमाडौँ, माघ २८  -वरिष्ठ पत्रकार हरिराज जोशीको ६३ वर्षको उमेरमा ह्दयघातका कारण आज बिहान शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको छ ।

पर्यटन क्षेत्रमा तीन दशकदेखि कमल चलाउदै आउनु भएका पत्रकार जोशी इमेज नेपालका संपादक तथा प्रकाशक हुनुहुन्थ्यो । उहाँ मधुमेह र मिगौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका श्रीमती,एक छोरा र एक छोरी हुुनुहुन्छ ।
राष्ट्रिय पर्यटन पत्रकार संगठन(नाटोज्)ले एक विज्ञप्ति प्रकाशित गरी पत्रकार जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । साहसिक,निर्भिक र लगनशील पत्रकार जोशीको निधनबाट पर्यटनक्षेत्रले एक कुशल पत्रकार गुमाएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply