चीनबाट पेट्रोल ल्याउने सरकारी भनाइले हावा खायो

चीनबाट

काठमाडौँ, माघ २९ -भारतले नाकाबन्दी गर्नासाथ चीनबाट पेट्रोलियम  आयात गर्ने सरकारी भनाइले हावा खाएको छ |

झन्डै पाँच महिना लामो नाकाबन्दी हुँदा समेत चीनबाट पेट्रोलियम  पदार्थको आयातको बारेमा मुर्त रुपमा यस सम्बन्धी सहमति समेत भएन | सुरुमा नेपाललाई चाहिने पेट्रोलियम पदार्थको एक तिहाई चिनबाट आयात गर्ने गरी सहमती हुने भयो , चीनको केरुंगसम्म चीनले पेट्रोलियम पदार्थ ल्याइदिने भयो , पाँचखालसम्म पनि चीनले तेल ल्याइदिने भयो जस्ता हल्ला गरेर पनि आखिरमा टि सबै उडन्ते गफ मात्र भएका छन् |

अहिले पछिलो समय भारत त्यसमा पनि रक्सौल दिपोबता पेट्रोलियम पदार्थ आउन थालेपछि चिनबाट पेट्रोलियम ल्याउने चर्चा नै हरौना थालेको छ |

त्यतिमात्र होइन खान पकाउने ग्याँस बंगलादेश बाट ल्याउने भनेर त्यस तर्फ पनि टोलि गयो तर अहिले यी सबै प्रयास बीचमा नै छाडिएका छन् |

अहिले न त सरकारका मन्त्रीले यी सबै प्रयास बिचमा नै छाडिएका छन् | अहिले न त सरकारका मन्त्रीले यो विषयमा के भइरहेको छ भनेर बताउछन् न त आयल निगमले नै आखिर चिन संग निश्चित प्रतिशत पेट्रोलियम पदार्थ आयात गर्ने सम्झौता के ले रोक्यो ,जानकारहरु भन्छन यहाँका सरकार र हाम्री आयल निगमले बाहिर जति नै चर्का कुरा गरे पनि भित्र भित्रै भारतको चाकरी नै गरेका हुन्छन |

अहिले बाहिर चर्का कुरा गर्ने भित्र भित्रै भारतको चाकरी गर्ने प्रबृतीले नै चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुरा अगाडि बढाउन दिइरहेको छैन | कतिपयको त आशंका छ आयल निगमका उच्च अधिकारिहरुलाई नै भारतको आसिर्बाद छ | उनिहरुले भारतलाई चिडाउने कार्य कुनै पनि गर्दैनन्| त्यसैले अब चीनबाट पेट्रोलिएम पदार्थ आयात गर्ने कुरा सेलाउदैं जानेछ र अर्को पटक फेरी यस्तै नाकाबन्दि नभएसम्म चिनबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुरा गरिने छैन |

आजको नेपाली पत्र साप्ताहिकमा यो खबर प्रकाशित छ |

 

Leave a Reply