मृत्यु भएको पन्ध्र वर्षपछि किरिया

3
मृत्यु भएको पन्ध्र वर्षपछि किरिया

जाजरकोट, माघ २९  – यहाँका एक व्यक्तिको मृत्यु भएको पन्ध्र वर्षपछि किरिया गरिएको छ ।

तत्कालीन माओवादीले सञ्चालन गरेको युद्धमा लागेर बाँकेको ढकेरीमा मृत्यु भएका जनकबहादुर शाहीको १५ वर्षपछि किरिया गरिएको उहाँँका छोरा राजेन्द्र शाहीले जानकारी दिनुभयो । नायकवाडा गाविस वडा नं १ का जनकको २०५८ सालमा गस्तीमा आएको प्रहरीको गोली लागेर ढकेरीमा मृत्यु भएको थियो ।

तत्कालीन युद्धका बेला छोराछोरी साना भएका कारण किरिया गर्न नपाएको भन्दै सोही ठाउँमा गई पुस २५ गते किरिया गरिएको राजेन्द्रले जानकारी दिनुभयो ।

अहिले नायकवाडा–१ घरमा गएर घर शुद्ध गर्ने कार्य भइरहेको छ । जनक शाहीका दुई छोरा, एक छोरी रहेका छन् । मृतक शाही शिक्षण पेसामा सक्रिय हुँदाहुँदै युद्धमा लागेका थिए । रासस

एक उत्तर छोड्न