आगलागीपछिको भागदौडमा कम्तीमा ३० को मृत्यु

निर्देशक

मेक्सिको सिटी, माघ २८  -उत्तरी मेक्सिकोको मोन्टेरेए सहरमा बिहीबार एक कारागारमा भएको आगलागीपछिको भागदौडमा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको समाचार छ । स्थानीय सञ्चार माध्यमले सो जानकारी दिएको छ ।

स्थानीय समयाअनुसार बिहीबार १२ः३० बजे बिहान सो आगलागी सुरु भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । सो आगलागीमा परेर प्रायको जल्नुको साथै भागदौडमा मृत्यु भएको बताइएको छ ।

यस घटनामा कति व्यक्ति घाइते भएका छन् सो भने प्रष्ट नभएको बताइएको छ । घटनाको विस्तृत विवरण पनि प्राप्त भएको छैन । रासस/एपी

एक उत्तर छोड्न