नयाँ शक्ति नेपाल अब कोरियामा पनि

कोरिया,माघ २९ – बाबुराम भट्टराई नेत्तृत्वको नयाँ शक्ति नेपाल अब  कोरियामा पनि गठन भएको छ | दक्षिण कोरियाको  राजधानी सोलमा सम्पन्न भएको भेलाले विभिन्न बिभागको कार्यविभाजन समेत गरेको छ। भेलाले ५१ सदस्यीय अन्तरिम केन्द्रिय परिषद गठन गरेको छ भेलाले बलराम पुनलाई संयोजक तोकेको छ ।

नयाँ शक्ति निर्माण अभियानमा सहभागी बनौ – स्वाधिन समृद्द र समावेशी नयाँ नेपाल निर्माण गरौु भन्ने मूल नाराका साथ शुरु भएको उक्त बिशेष भेलालाई नयाँ शक्ति पुर्बी एसिया इन्चार्ज मिलन कान्छा किरातीले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए  ।

कोरियामा सिकेको शिप र कमाएको पुँजीलाई नेपालमा लगानी गर्न आग्रह गर्दै छोटो शुभकामना मन्तव्यमा श्रम सहचारी अनिल गुरुङ ले देशमा बदलिदो राजनीतिक परिस्थिति संगै समृद्द राष्ट्र निर्माणमा कोरियाका प्रबाशी मजदुर हरुको नयाँ शक्तिको भेलाले बिशेष महत्व राख्ने औल्याए ।

साथै कोरियामा आफ्नो कार्यकाल सकेर नेपाल फर्कन लागेका श्रम सहचारी अनिल गुरुङ र नयाँ शक्ति कोरियाका सल्लाहकार पुरन राना मगर लाई संयोजक बलराम पुन र मिलन कान्छा किरातीले ले संयुक्त रुपमा बिदाई तथा सम्मान पत्र प्रदान गरेका थिए ।

पूर्व अध्यक्ष्य लोचन राइले सरकारले देशमा लगानीको सुरक्षा गर्ने बाताबरण सृजना गरे मझौला उद्योग हरु मा लगानी गर्न आफुहरु तयार रहेको र यस्तै राजनीतिक परिपाटीले देश समृद्द नबन्ने कुरालाई जोड दिदै नयाँ शक्ति प्रति आफ्नो झुकाब रहेको प्रष्ट पारे भेला लाइ पुर्बी एसिया इन्चार्ज मिलन कान्छा किरातीले ले बैचारिक प्रशिक्षन दिएका थिए ।

केन्द्रिय अन्तरिम परिषद् कोरियाका सदस्यहरुमा बलराम पुन, सीपी ओली, बिरेन्द्र राना, राजु श्री,हेमन्त पुन प्रकाश गुरुङ,पिटर कुमार श्रेष्ठ, डोलु आले मगर, राज आचार्य, जीबन बिश्वकर्मा, गणेश रिजाल, सुरेन्द्र बजगाईं, सरोज ढकाल, बासुदेव बराल गोबिन्द प्रसाद
शर्मा, मदन बानिया, अमर बर्मा, रमेश पुडासैनी, अन्जली पौडेल लगायतका रहेका छन्र ।

 

एक उत्तर छोड्न