अनेरास्ववीयुको प्रतिनिधि विवाद बढेपछी टुंगो लगाउन सकस

2
अनेरास्ववियु

काठमाडौँ, माघ २९- नेकपा (एमाले)को भातृ सङ्गठन अनेरास्ववीयुको २२औँ राष्ट्रिय सम्मेलनका क्रममा प्रतिनिधि विवाद बढेपछि त्यसलाई समाधान गर्न निर्वाचन कमिटिको बैठक सुरु भएको छ ।

पार्टीका नेता सोमनाथ प्यासीको संयोजकत्वमा बैठक बसेको हो । उक्त बैठकले विवादमा रहेका प्रतिनिधिको टुङ्गो लगाउने छ भने आचारसंहिताका विषयमा आवश्यक नियम बनाउने छ । सो बैठकले विवाद मिलाएपछि अहिलेसम्म टुङ्गो लागेका र विवाद नभएका प्रतिनिधिले नयाँ नेतृत्वका लागि मतदान गर्ने छन् ।

बिहीबारदेखि सुरु भएको सम्मेलनको बन्दसत्र सोही विवादका कारण सुरु हुनसकेको छैन । सम्मेलन भोलिसम्म जारी रहने छ । त्यस्तै सम्मेलनमा सहभागी प्रतिनिधिका लागि परिचयपत्र वितरणलगायत कार्यसहज बनाउन युनियनको स्थायी कमिटिकोसमेत बैठक सुरु भएको सङ्गठनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।

एक उत्तर छोड्न