ताडी भीरबाट मोटरसाइकल खस्दा तीन जनाको मृत्यु

ताडी भीरबाट मोटरसाइकल खस्दा तीन जनाको मृत्यु

क्यापिटल खबर सम्बाददाता, कालिकोट, फागुन १ – कालिकोट सदरमुकामदेखि दाँहातर्फ जादैँ गरेको  मोटरसाइकल सुक्रबार बेलुकी ५:२५  बजे कर्णाली राजमार्गको ताडी भीरबाट  खस्दा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाँहा गाविसस्थित बाबिरा प्राथामिक विद्यालयका शिक्षक वर्ष ३९ का गोगनबहादुर शाही सोही, गाविसका स्थानीय वर्ष २९ का  केशबबहादुर शाही र कैलाली जिल्ला साँढेपानी गा  बि स वडा न. ३ का २४ बर्षीय सन्देशसिंह साउद  रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक टेक बहादुर जोरुले क्यापिटल खबरलाई  जानकारी दिएका छन् ।

मोटरसाइकलमा तीन जना सवार रहेको र तीब्र गतिका कारणले दुर्घटना भएको हुनसक्ने प्रहरी आंशका गरेको छ । मान्मा ९ ताडी भीरबाट ५०० मीटर  तल खसेका  शवलाई सडकमा ल्याउन ग्राहो भएको प्रहरीले जनाएको छ |

फोटो – मंगल शाहीको फेसबुकबाट

Leave a Reply