सरस्वती मन्दिरमा दर्शनार्थीको घुइँचो

भक्तपुर, १ फागुन । श्रीपञ्चमीको अवसरमा आज भक्तपुरको नगरकोट नगरुपालिकास्थित सुडालको महामञ्जुश्री सरस्वती मन्दिर र चाँगनारायण नगरपालिका सरस्वती खेलस्थित सरस्वती मन्दिर आज बिहानैदेखि मेला लागेको छ ।

महामञ्जुश्रीले तपस्या गरेको स्थानमा सरस्वती आफैँ उत्पत्ति भएर बरदान दिएको किंम्बदन्ती रहेको छ । भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रे, पनौतीलगायतका क्षेत्रबाट यस मन्दिरमा दर्शनार्थी आउने गरेको स्थानीय दामोदर दङ्गालले बताउनुभयो । मन्दिरमा साँझसम्म नै दर्शनार्थीको घुइँचो हुने उहाँले बताउनुभयो ।

त्यसैगरी भक्तपुरको सरस्वतीखेलस्थित प्रसिद्ध सरस्वती मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । यस स्थानमा पनि सरस्वती देवी आफैँ उत्पत्ति भएको र परापूर्वकाल मै मन्दिर स्थापना भएको भनाइ रहेको छ ।

एक उत्तर छोड्न