बालबालिकालाई दादुरा र रुबेला विरुद्दको खोप दिइने

पाँचथर, १ फागुन । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जिल्लामा फागुन ९ गतेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा र रुबेला विरुद्धको तेस्रो चरणको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी फागुन ९ गतेदेखि १४ गतेसम्म क्षेत्र नम्बर २ मा र फागुन २२ गतेदेखि २७ गतेसम्म क्षेत्र नम्बर १ मा उक्त कार्यक्रम सञ्चालन गरिने यस कार्यक्रमका संयोजक उदयबहादुर नेपालीले जानकारी दिनुभयो ।

पाँच वर्ष मुनिका २४ हजार ४५२ जना बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइने कार्यक्रममा जानकारी दिइयो । यस्तै सोही समयमा पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो थोपासमेत खुवाइने भएको छ ।

त्यसैगरी उक्त खोप कार्यक्रम तथा पोलियो थोपा खुवाउन २९९ महिला स्वयम्सेविका परिचालन हुने तथा ३०० बढी खोप केन्द्र सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

Leave a Reply