मानुषीको बिहे खर्च पूर्वजनसेना परिवारलाई

मानुषीको बिहे

क्यापिटल खबर सम्बाददाता, काठमाडौँ , फागुन १ – जनयुद्ध दिवस र  सरस्वती पुजाको अवसर पारेर दुलही बनेकी नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराई पुत्री मानुषीको बिहे खर्च पूर्वजनसेना परिवारलाई  प्रदान गरिएको छ |

मानुषीको बिहे

आज सानेपाको आफ्नै भाडाको घरमा आयोजित एक जनबादी बैबाहिक कार्यक्रममा दुलही बनेकी मानुषी यमी भट्टराईले एक अत्यन्त सामान्य बिबाह कार्यक्रमको आयोजना गरि आफ्नै प्रेमी नयाँ शक्ति अभियानका बिद्यार्थी अभियन्ता जेकेन्द्र श्रेष्ठ संग लगनगाँठो गाँसिन |

मानुषीको बिहे

विवाहको निम्तालुमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई पनि देखिएको थियो । त्यस्तै मुख्यसचिव सोमनाथ सुवेदी पनि निम्तो मान्न पुगेका थिए ।पूर्वप्रधानमन्त्री एवं एमाओवादीका निवर्तमान नेता डा. भट्टराईको छोरीको विवाहमा राजनीतिक नेताहरु खासै देखिएनन् । बरु नागरिक समाजका अगुवा, प्रशासक र नयाँशक्तिमा लागेका नेता कार्यकर्ताहरु देखिएका थिए ।

मानुषीको बिहे

त्यसैगरी कांग्रेस नेता प्रदीप गिरी, लेखकहरु सिके लाल, खगेन्द्र संग्रौला, नागरिक अगुवा एवं पूर्वसभामुख दमननाथ ढुंगाना, देवेन्द्रराज कँडेलदेखि प्रशान्त झासम्म निम्त्याइएका थिए । एमाओवादी नेता राम कार्की पनि विवाह समारोहमा उपस्थित थिए ।

नयाँ शक्तिमा लागेका चलचित्रकर्मी सरोज खनाल, करिष्मा मानन्धर र अशोक शर्मादेखि नयाँ शक्तिमा नलागेकी रेखा थापासम्म वैवाहिक समारोहमा सहभागी थिए ।

मानुषीले बिहे खर्चवापत ५० हजार रुपैयाँ त्रिवि केन्द्रीय पुस्तकालयलाई ३० हजार रुपैयाँ पूर्वजनसेनाकी छोरी फुर्मी तामाङलाई प्रदान गरिन् । फुर्मी तामाङको बुबाको बैदेशिक रोजगारका क्रममा बिदेशमा नै निधन भएको थियो |

 

Leave a Reply