दिल्ली जानु पूर्व ओलीको खतरनाक बोली

काठमाडौँ, फागुन २-नेपालको प्रधानमन्त्रीले अन्य देशको भ्रमण गर्नुभन्दा पहिले भारत जाने परम्परा अनुरुप केपी शर्मा ओली राष्ट्रिय प्रजातन्त्र दिवसको दिन दिल्ली जन्दैछन् तर  दिल्ली जानु पूर्व ओलीको खतरनाक बोली बाहिर आएका छन् |

फागुन ७ गते देखि ११ गते सम्म हुने यो भ्रमणमा ओलीले भारतसंग औपचारिक र गोप्य रुपमा के के संझौता र सहमती गर्ने हुन् सर्बत्र चासोको बिषय बनेको छ | ओलीले भारतले प्रस्ट शब्दमा राख्ने हरेक प्रस्ताब प्रति सहमती जनाउने संकेत पाएपछि भारतले भ्रमणको तिथि तोकेको हो |

भारत आफुलाई स्वागत गर्न तत्पर हुनुलाई ओलीले आफ्नो गौरवपूर्ण उपलब्धि ठानेका छन् |

यहि बिश्वासको कारण ओलीको बोली फेरिन थालेको छ | यहाँ सम्म कि अब उनि राष्ट्रिय सरकार गठन भएमा आफ्नै नेतृत्वमा बन्ने र आफु अर्को चुनाब सम्म टिक्ने घोसणा गर्न थालेका छन् | त्यसैले आफु टिक्नका लागि उनले भारतलाई राष्ट्रिय हित बिपरित पनि सम्झौता गर्न सक्ने आशंका उत्पन्न भएको छ |

ओलीको भारत भ्रमणलाई लिएर किन पनि शंका गरिदैछ भने उनले आजसम्म पनि भारत भ्रमणको कुनै पनि एजेन्डा सार्बजनिक गरेका छैनन् |

ओलीको राजनीतिक इतिहास लाई खोतल्ने हो भने उनि एमाले भित्र भारतको हित चिताउने नेताको रुपमा चिनिन्छन | भारतीय नेताहरुसंग सम्पर्क विस्तार गरेर कैयौं पटक दिल्लीको गोप्य भ्रमण गरेका उनका त्यस्ता गतिबिधि हरु लुकेको छैन |

आजको देशान्तर साप्ताहिकमा यो खबर प्रकाशित छ |

Leave a Reply