भर्जिन छात्रालाई मात्र छात्रवृत्ति

1
भर्जिन छात्रालाई मात्र छात्रवृत्ति

काठमाडौँ , फागुन २- एक्काईसौं शताब्दीको सबैभन्दा लज्जास्पदनियम नभनेर के भन्ने ? विश्व अर्थतन्त्रको उदयीमान राष्ट्र दक्षिण अफ्रिकामा अहिले एउटा बिबादित भर्जिन छात्रालाई मात्र छात्रवृत्ति दिने योजना चर्चाको शिखरमा छ | त्यहाँको एक स्कुलले आफूलाई कुमारी अर्थात् भर्जिन साबित गर्ने किशोरी छात्राहरुलाई मात्र छात्रवृत्ति दिने योजना अघि सारेको छ |

मानबअधिकारबादी संगठनहरुले भने छात्रवृत्ति पाउनका लागि छात्राहरुले आफुलाई भर्जिन साबित गर्नु पर्ने यो अनौठो नियमको बिरोध गरेका छन् |

www.capitalkhabar.com

वाजुलु नटाल क्षेत्र स्थित एमसिसिनी गाउँमा रहेको एक स्कुलले यस्तो नियम बनाएको हो | बीबीसीका सम्बाददाता नोमसा मासेको स्वयं उक्त स्कुलमा पुगेर त्यहाँका छात्राहरु संग कुराकानी गरेका छन् |

आफुलाई कुमारी प्रमाणित गरेर छात्रबृत्ति पाउन सफल एक छात्रा थुबेलीहली डलोडलो निकै खुसी छिन | आफ्ना अभिभाबकहरु आफुलाई पढाउने पर्याप्त रकम नहुँदा आफुले छात्रबृत्तिका लागि बाध्यताबश आफ्नो कुमारीत्व प्रमाणित गराउनु परेको उनि बताउछिन् |

www.capitalkhabar.com

छात्रबृत्तिका लागि आफ्नो कुमारीत्वलाइ कायमै राख्नैपर्ने  कुराले उनि हरेक दिन घरबाट निस्कंदा निकै सजग बन्छिन | उनका नुसार नियमित छात्रबृत्ति रकम पाउनका लागि समय समयमा हुने कुमारीत्व परिक्षणमा पास हुनुपर्दछ | आफु अहिले सम्म भर्जिन नै रहन सकेकोमा उनलाई गर्ब छ र त्यसरी छात्रबृत्तिका लागि कुमारीत्व साबित गर्नुपर्दा उनि खुसी छिन | उनक्का नै अनुसार कुमारीत्वको जांच उनीहरुको संस्कृतिको एक महत्वपुर्ण हिस्स हो |

आजको छलफल साप्ताहिकमा यो खबर प्रकाशित छ |

एक उत्तर छोड्न