कारागार निर्देशकलाई नै जेल सजाय

निर्देशक

मेक्सिको सिटी,  फागुन २- उत्तरी मेक्सिकोको मोन्टेरेए सहरमा बिहीबार एक कारागारमा भएको आगलागीपछिको हिंसात्मक झडपमा परी ४९ व्यक्तिको मृत्युभएपछि कारागार निर्देशकलाई नै  जेल सजाय भएको छ । उनी संगै अन्य २ जना कर्मचारीलाई पनि जेल सजाय भएको छ

उनीहरु माथि कैदीबन्दीहरुको हत्या गरेको र आफ्नो अधिकारको दुरुपयोग गरेकोसमेत आरोप लगाइएको नुएभो लियोन राज्यका महान्यायाधिवक्ता रोबर्टो एफ लोरेज ट्रेभिनोले शनिबार भएको एक पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

सो जेल सजाय पाउनेहरुमा जेल निर्देशक ग्रेगोरिया सलाजार र प्रशासनका निर्देशक जेसुस फेरनान्डो डोमिन्गुइज जरामिल्ललो र जेलका सुरक्षा गार्ड जोसे रेऐस् हेर्नान्डेज एगैलार रहेका मोन्टेरेएमा भएको एक पत्रकार सम्मेलनमा जनाइएको छ । यी तीनैलाई आगामी फेबु्रअरी १८ सम्म हिरासतमा लिइएको र त्यसपछि मुद्दाको सुनवाई हुन बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमले बिहीबार त्यस थुुनुवा घरमा आगो लागेको र त्यसमा परी ३० जनाको ज्यान गएको जनाएका थिए । तर बिहीबार रातिसम्ममा मृत्यु हुने व्यक्तिको सङ्ख्या ४९ पुगेको जानकारी दिइएको थियो ।

स्थानीय समयाअनुसार बिहीबार १२ः३० बजे बिहान टोपोचिको जेल मा आगलागी सुरु भएको प्रत्यक्षदर्शीहरूले जनाएका थिए ।

सो आगलागी र त्यसपछिको दङगामा परी ३० देखि ४० व्यक्ति घाइते भएका नुएभो लेआन राज्यका गभर्नर जैमे रोदरिगुएजले बताउनुभएको थियो ।

मेक्सिकोको राष्ट्रिय मानवअधिकार विभागले मेक्सिकोका कारागारामा अत्यन्त साँघुरो र कष्टपूर्ण अवस्थामा बस्नुपर्ने अवस्था रहेको बताएको छ ।

कारागारको क्षमताभन्दा कैदीको सङ्ख्या अत्यन्तै धेरै रहेकोले पनि त्यहाँका कैदीले निकै अप्ठेरोसँग बस्नुपर्ने अवस्था रहेको जानकारी सो बिभागले दिएको छ । रासस /सिन्ह्वा

Leave a Reply