बलात्कृत प्रिय लाई एक प्रेमिको प्रेमपत्र

प्रिय
प्रिय जननी पृथ्वी ,
आकाशमा पाउने तारा, समुन्द्रको सानो भन्दा पनि सानो पाउने शब्द एवम् आकाशझैं निर्मल र हिमालझैं अटल माया केबल तिमिलाई।

मेरो स्वरुप जिन्दगी, जिन्दगीको स्वरुप एक यात्रा, यात्रा स्वरुप मित्रता ।

सर्बप्रथम जननी साधुवाद छ तिमिलाइ, किनकी तिमीले म र म जस्ता कैयौं सजिब र निर्जीवहरुलाई जिन्दगी प्रदान गरि मित्रता कायम गरायौ, तर सबै तिमीसंग स्वार्थपुर्ती गरिरहेका छन् , कहाँ कसरी जहाँ जसरी मैले कहिले सोचेको थिईन तर आज म आफै आच्म्मित छु, किनकि जस्ले मलाई जिन्दगी प्रदान गरि सगर्व यस  धर्तिमा बाँच्ने मौका दियो उसैको  वास्तविक परिचय भेट्टाउन सकेको रहेनछु र कसैले भेट्टाउन पनि सकेको छैन होला । यदि भेट्टाउन सकेको भए किन तिम्रो त्यो पबित्र माया ममतारुपि प्राकृतिक सौन्दर्यताको सत्यनास गर्दो हुँ र ?? ती नदिनाला, बनजङ्गल सङ्ग बिना स्वार्थ माया दिने ममतामयि प्राकृतिक खानीसंग ।


हो. यी र यस्तै स्वार्थिहरु को क्रियाकलापले गर्दा होला तिमी बेलाबेलामा रिसको आवेगमा आइ मेरो मनोभावनाहरु छेदविच्छेद गराइ विभिन्न प्राकृतिक घटनाहरु घट्ने गरेको जस्तै-बाढीपहिरो, भुँईचालो, ज्वालामुखी बिस्फोट, आगजनी, जलवायु परिवर्तन, हिमपहिरोको कारण कतिपय तिम्रा सन्त्ततीको अवस्था नाजुक बन्दै छ त कतिपय लोप हुने अवस्थामा छन् । यसरी जननी तिम्रो रिसको आवेगले प्रकृतिमा आएको विचलनताले अब म र म जस्ता तिम्रा सन्तति को मनोभावना परिवर्तन भएको छ। सायद यहि मनोभावना परिवर्तन भयेर होला म अन्जानमै भए पनि तिमिलाइ मुस्कुरायेको देख्नन थालेको छु सपनामै भए पनि ।

अनि सपनादेखि ब्युझियेर मेरो मन फुरुङ भै बोल्न थाल्यो जननी म तिमीलाइ माया गर्छु। त्येसपछी मेरो यो स्वार्थि मनले भन्न थाल्यो त कसैको मायाजालमा फसिस् अब तैले धेरै कार्य सफ़ल पार्न बाकी छन् जुन तैले तेरो स्वार्थको खाड्लहरु पुरा गर्न बिगारिराखेको थिइस्- जस्तै उर्बरशील भूमि , खानेपानीको मुहान, बनजंगल , हिमालय आदि । त्येसैले मेरो मनको रहरहरु पुरा गर्न सान्त कागजमै भए पनि तिम्रो त्यो तोडिएको कुमारित्व जुन तिम्रो जवानिमै लुटिएको छ त्यसैलाइ फर्काउन कोशिस गर्दै छु विभिन्न ईको क्लब , एन जी ओ , आइ एन जी ओ हरु मार्फत ।अनि म तिमीलाई कुनै दिन भन्नेछु -जननी तिम्रो  त्यो तोडिएको कुमारित्व फर्किएको आभाष तिमीलाई गराउन नसके पनि तिम्रो कुमारीत्व तोडिएको कसैलाई थाहा हुने  छैन भनेर यो मैले तिमी प्रति देखाएको आश्वाशन नभई मेरो कर्तब्य नै हो नि , हैन र ?

प्रिय जननी,  आज बिशेष गरी मानबिय क्रियाकलापहरु परिबर्तन हुँदै जानाले समग्र तिम्रो जिन्दगी बलात्कृत हुँदै गएको छ | पृथ्वीमा भएका सुन्दरताको धनीहरुबाट तिमी प्रति हुने गरेको यस बलात्कारिताको आभाषलाई जब सम्म हामीले कम गर्न सक्दैनौ , त्यसपछि आउने सन्ततीका लागि प्राकृतीक सौन्दर्यताहरु ऐतिहासिक कथा बन्नेछ र हामी त्यस कथाका पात्र बन्नेछौं , जुन ईतिहासमा पढ्न र सुन्न पाइन्छ, तर देख्न पाइन्न |

यसरी हाम्रो जिन्दगीलाई नास्दै, आफैंलाई सिध्याउदै , रित्याउदै आफ्नै रक्षा गर्न नसक्ने हो भने मानब बाहेकका ती सजिबहरुको के हाल होला ? एकपटक सोच्नुपर्ने अवस्था आएको छ | त्यसैले अब जननी प्रति निस्वार्थ प्रेम गर्नुपर्ने अवस्था आएको छ | के गर्नु ? म संग आँट त छ तर साथ् छैन, त्यसैले तपाईं सम्पूर्ण भ्यालेन्टाइन डे प्रेमीहरुको आबस्यकता जननीलाई छ , अर्थात् मलाई छ , जहाँ आत्मिक प्रेमीहरु हुन् र तिम्रो अस्तिस्त्वको पन्नाहरु भरिपुर्ण हुन् | थाहा छैन तिमीले यसको लागि कति समय कुर्नुपर्छ तर धैर्यता गर प्रतिक्षाको फल अबश्य पुरा हुनेछ  र सुन्दर र हरियाली पृथ्वीको निर्माण हुनेछ |

अन्त्यमा आजको दिनसम्म मैले तिम्रो अस्तित्व माथि अन्जानमा गरेका गल्तीहरु प्रति क्षमा प्रार्थी हुँदै सदैब तिम्रो उन्नति प्रगतिको कार्य गर्दै एक दिन तिमीलाई बैशालु बनाउने बाछा गर्दै बिदा हुन चाहन्छु |

उही तिम्रो  प्रेमि

सिर्जना भट्ट

मिति :२०७२ /११/०२

p

Leave a Reply