२७ औ राष्ट्रिय औधोगिक प्रदर्शनी हुने

राष्ट्रिय औधोगिक

क्यापिटलखबर सम्बाददाता, काठमाडौँ, फाल्गुन २ – घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा फागुन ४ देखि ९ गते सम्म २७ औ राष्ट्रिय औधोगिक प्रदर्शनी हुने  भएको छ |

आईतबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा वितरित प्रेस बिज्ञप्तिका  अनुसार “Made in Nepal,गौरब गरौँ , स्वदेशी वस्तु प्रयोग गरौँ ” भन्ने  नाराका साथ २७ औं राष्ट्रिय औधोगिक वस्तु तथा प्रबिधि प्रदर्शनी र उत्कृष्ट लघु , घरेलु  तथा साना उद्धमी पुरस्कार कार्यक्रम हुने भएको छ |

सो कार्यक्रमको उद्घाटन नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने हुनुभएको बताइएको छ |यस प्रदर्शनीमा कुल ३ सय भन्दा बढि स्टल रहने र हालसम्म जिल्लाबाट १२५ , काठमाडौँ बाट ५० वटा स्टल बुक भैसकेका छन् |

 

एक उत्तर छोड्न