कोट लगाएर राउटेको सम्मान

सम्मान

क्यापिटल खबर सम्बाददाता, काठमाडौँ, फाल्गुन २- पूर्व प्रधानमन्त्री तथा एकीकृत माओबादी का अध्यक्ष पुष्पकमल दाहालले कोट लगाएर राउटेको सम्मान गरेका छन् |

आईतबार राजधानीको पर्यटन बोर्डको हलमा घुम्ती पर्यटन महोत्सब एबम् मेची महाकाली हिमाल तराई (मेमहित) राष्ट्रिय जागरण अभियानद्वारा आयोजित सम्मान कार्यक्रममा ३ जना राउटेका प्रतिनिधिहरुलाई कोट लगाएर सम्मान गरिएको थियो |

कार्यक्रममा बोल्दै दाहाल ले आफुले आफ्नो सरकारको पालामा मासिक रू १००० को दरले भत्ता वितरण सुरु गरेको स्मरण गर्दै मासिक रू ५००० पुर्याउन सरकार संग माग गर्नुभयो |

Leave a Reply