रिडी–रुद्रवेणी–वामीटक्सार मोटरबाटो स्तरोन्नति माग

1
रिडी–रुद्रवेणी–वामीटक्सार मोटरबाटो स्तरोन्नति माग

गुल्मी, फागुन २ – उपप्रधानमन्त्री चित्रबहादुर केसीले अरुले भने झैँ संविधान निर्माण नगर्दा देशले लामो समय नाकाबन्दीको मार खेप्नुपरेको बताउनुभएको छ ।

वामीटक्सारमा रहेको महेन्द्र आदर्श उमाविमा आयोजित अन्तक्रियायामा उहाँले नेपाली जनताको चाहनामा नयाँ संविधान जारी भएसँगै संविधानमाथि पटक पटक आक्रमण भएको बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय जनमोर्चा वामीका अध्यक्ष मोहनलाल श्रेष्ठले वागी गाविसलगायत क्षेत्रका जल्दाबल्दा समस्या समाधानका लागि सहयोग गर्न उपप्रधानमन्त्री केसीसमक्ष ज्ञापनपत्र बुझाउनुभएको थियो । ज्ञापनपत्रमा वामी–बसेरी हुँदै गल्कोट जाने मोटरबाटो स्तरोन्नति, महेन्द्र आदर्श उमाविको भवन निर्माण, स्वास्थ्य सेवाको स्तरोन्नति, परोपकार बहुउद्देश्यीय सहकारी संस्थाको भवन निर्माण, रिडी–रुद्रवेणी–वामीटक्सार मोटरबाटो स्तरोन्नति लगायत समावेश गरिएको छ ।

आजै उपप्रधानमन्त्री केसीले प्राथमिक आँखा उपचार केन्द्र तथा सामुदायिक रेडियो ‘पुष्पाञ्जलि’को अवलोकन तथा निरीक्षणसमेत गर्नुभयो ।

एक उत्तर छोड्न