कांग्रेस कार्यालयमा तरुण दलद्वारा ताला बन्दी

तरुण दलको

दैलेख,  फागुन २ –  आज नेपाली काँग्रेस दैलेख जिल्लाको कांग्रेस  कार्यालयमा  तरुण दल द्वारा  ताला बन्दी गरिएको छ  ।

पाँच वर्षको क्रियाशील सदस्यता नवीकरण गरेको रकम दुरुस्त नभएको भन्दै नेपाल तरुण दल का जिल्ला अध्यक्ष टेकबहादुर कटुवालको नेतृत्वमा ताला लगाइएको हो ।

नेपाली काँग्रेसको जिल्ला कार्यसमितिको भवन निर्माण गर्दा जिविसबाट प्राप्त अनुदान रकम र सुर्खेत जिल्ला तथा अन्य पार्टी, सङ्घसंस्थाबाट उपलब्ध रकमबाट भवन निर्माण गर्दै आएको बिल भर्पाइसमेत सार्वजनिक गर्नुपर्ने माग गर्दै कार्यालय बन्द गरिएको कटुवालले बताउनुभयो ।

Leave a Reply