कार्यवाहक सभापति पौडेल आफ्नै गुटको घेराबन्दीमा

नेता पौडेल

काठमाडों फागुन, ३ -सभापति सुशील कोइरालाको निधन भएकै दिन सशांकविरुद्ध अन्तर्घातको आरोप लगाएका कांग्रेस कार्यवाहक सभापति  पौडेल आफ्नै गुटको घेराबन्दीमा परेका छन् ।

सभापतिकमा उम्मेदवारी दिने भन्दै देशभित्र र बाहिर चन्दा संकलन अभियानलाई तीव्रता दिएका पौडेलको उम्मेदवारी नै संकटमा परेको छ ।

तीन महिला अघिदेखि सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका पौडेललाई उनकै टीमका नेताहरुले नस्वीकार्ने संकेत गरेका छन् । कोइरालाको निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेका पौडेलको उम्मेदवारी स्वभाविक हुने र सो टिमको नेतृत्व उनैले गर्ने अपेक्षा गरिए पनि यतिबेला अवस्था ठीक उल्टो देखिएको छ ।

सभापति कोइरालाको निधनले कांग्रेसमात्र नभएर सिंगो देश नै शोकमा डुबेका बेला सो पार्टीभित्र भने कोइरालापछिको नेता को भन्नेमा विवाद चर्किएको छ । पौडेलले आफूलाई विरासतको रुपमा उभ्याउन खोजे पनि उनीविरुद्ध महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला छन् । गिरिजापुत्री सुजाता कोइराला पनि पौडेललाई नेता मान्न तयार नरहेको उनी निकट स्रोतले बताएको छ ।

बिपी गिरिजा हुँदै पछिल्लो समय सुशील निकट भएर काम गरेको भन्दै महामन्त्री सिटौलाले आफूलाई उनीहरुको विरासतको रुपमा प्रचार गर्न थालेका छन् । सिंह सशांकलाई विश्वासमा लिने दाउमा छन् । सशांक आफैं भने देउवा वा पौडेलसँगै मिलेर आफूलाई महामन्त्रीमा सुरक्षित गर्न खोजिरहेका छन् । कोइराला परिवार नै छिन्नभिन्न रहेको अवस्थामा सशांक देउवाको महामन्त्री हुने चर्चा छ । तर, देउवाको निर्वाचित महामन्त्री भने विमलेन्द निधि नै हुनेछन् । अर्का नेता अर्जुननरसिंह केसी पनि पछिल्लो समय देउवातिरै लागेको बुझिएको छ ।

आजको साँघु साप्ताहिकमा यो खबर प्रकाशित  छ ।

Leave a Reply