फुपूले दिलाइन् नेपाललाई दोस्रो स्वर्ण

काठमाडौँ,  फागुन ३- बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत फुपूल्हामु खत्रीले जुडोमा नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् ।

भारतको सिलोङमा आज भएको महिलाको ६३ केजीमुनिको स्पर्धामा प्रथम हुँदै खत्रीले स्वर्ण हात पारेकी हुन् । उनले स्वर्ण जित्ने क्रममा आयोजक भारतकी सुनीवाला देवीलाई पछि पारेकी हुन् । यसअघि, राउन्ड रोबिनका आधारमा खेलाइएका सबै खेलका प्रतिस्पर्धीलाई पछि पारेकी उनले नेपालका लागि दोस्रो स्वर्ण जितेकी हुन् ।

यसअघि उसुको थाउलोतर्फ निमा घर्तीमगरले नेपाललाई स्वर्ण दिलाएकी थिइन् ।

हङ्गेरीमा भएको प्रशिक्षणमा खारिएकी खत्री नेपाल नआई सोझै सागमा भाग लिन भारत गएकी थिइन् ।

एक उत्तर छोड्न