ठक्करबाट महिलाको मृत्यु

सञ्चार

काठमाडौँ,  फागुन ३ – काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर चोकमा बा ३ ख ८५२० नंको बसकोे ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्रीको उपचारका क्रममा निधन भएको छ ।

आज बिहान बसको ठक्करबाट गम्भी घाइते भएकी उनको निजामती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम ठेगाना खुल्न सकेको छैन । यसैगरी बुढानिलकण्ठ नगरपालिका–१२, कपन साततलेस्थित धोबी खोलामा नाम ठेगान नखुलेका करिब २५ वर्षीय पुरुष आज मृतावस्थामा फेला परेका छन् ।

Leave a Reply