भुकम्प पिडितलाई पोखरेली दिदीबहिनी समाजको सहयोग

ठगी

टोकियो,  फेब्रुअरी १३,-  गोर्खाको लाप्राक स्थित भुकम्प पिडितलाई पोखरेली दिदीबहिनी समाज को  सहयोग प्राप्त भएको छ |

जापानमा भर्खरै मात्र संगठित भएको पोखरेली दिदीबहिनी समाज ले गोर्खा को लाप्राक स्थित भुकम्प पिडित परिवारलाई सहयोग गर्ने गरि १ लाख ५० हजार येन नेपाल पठाएको समाजकी अध्यक्ष प्रेमीला गौचनले जानकारी दिनु भएको छ | समाजले सम्सारा रेमिट मार्फत पोखरा स्थित भुकम्प पिडित सहयोग अभियानकी अगुवा निला गुरुङले पाउने गरि सम्सारा रेमिटका प्रबन्ध निर्देशक सुरेश गिरिलाइ रकम हस्तान्तरण गरेको हो | उक्त रकम सम्सारा रेमिटले निशुल्क नेपाल पठाएको रेमिटले जनाएको छ | समाजले उक्त रकम आफ्नै सस्था भित्र रहेका दिदीबहिनीहरु बाट संकलन गरेको जनाएको छ |

अत्यधिक जाडो र हिउ परेको लाप्राक क्षेत्रमा फाल्गुनको पहिलो हप्तामा जापान सहित नर्बे , बेल्जियमबाट प्राप्त सहयोग लिएर पोखराका सहयोगी अगुवाहरु त्यस क्षेत्रमा टिनको जस्ता पाता हस्तान्तरण गर्न जान लागेको बताइएको छ |

 

Leave a Reply