ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु

बस

क्यापिटल खबर सम्बाददाता, तनहुँ, फागुन ४- दमौलीबाट डुमे्रतर्फ जाँदै गरेको ना४ख २४५० नंको ट्रकले पृथ्वीराजमार्गअन्तर्गत घाँसीकुवा गाविस वडा नं ८ छिर्कनेमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार सोमबार साँझ ६;१५ बजे  उक्त ट्रकको ठक्कर बाट घाँसीकुवा गाविस वडा नं ८ निवासी ५० वर्षीय यामबहादुर सापकोटाको मृत्यु भएको हो ।

उक्त ट्रकको ठक्करबाट सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

एक उत्तर छोड्न