उता सुशील दा जल्ने , यता भतेर चल्ने

सुशील

काठमाडौं, फागुन ५ – नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको देहावसान भएपछि उता सुशील दा जल्ने , यता भतेर चल्ने भएको छ |

नेपाली कांग्रेसकै कोटाबाट प्रधानन्यायाधीश हुने रोलक्रममा चढेका बिबादास्पद न्यायाधिश चोलेन्द्रशमशेरले हो यस्तो गरेका |२७ गते बुधबार कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा सरकारले सार्बजनीक बिदा दिंदै तिन दिन सम्म राष्ट्रिय झन्डा आधा झुकाउने र शोक मनाउने निर्णयगरेकै  दिन चोलेन्द्रशमशेर होटेल सोल्टीमा भब्य भोजको आयोजना गर्दै थिए | सन्दर्भ थियो छोरीको बिबाहको | केहि केहि वर्ष देखि अमेरिकामा बस्दै आएका थानकोटे खड्का थरका युबकसंग चोलेन्द्रकी छोरी संवृद्धिको बिबाह हुने अवसर थियो त्यो जमघट |

सुशिलको अन्त्यस्ठी गर्ने दिन ४ बजे सब यात्रा पशुपति आर्यघाट पुगेर पार्थिब शरीरलाई चितामा राखिदैं थियो|उता त्यहि बेला होटेल सोल्टीमा भोजका लागि चोलेन्द्रका अढाई सय पाहुना पुग्दै थिय |

आजको जनआस्था साप्ताहिकमा यो खबर प्रकाशित छ |

 

 

Leave a Reply