माओबादी एकतामा नारायणकाजीको डिमोशन गरिने

एकताबद्ध

काठमाडौं, फागुन ५ – प्रचण्ड नेतृत्वको एमाओबादी र मोहन बैद्य नेतृत्वको माओबादी बीच हुन लागेको माओबादी एकतामा नारायणकाजीको डिमोशन गरिने भएको छ |

नेतृत्वको बिषयमा नै समान धारणा बन्न नसकेकोले नै फागुन १ गते पार्टी एकीकरण घोसणा नभएको बुझिएको छ |

प्राप्त जानकारी अनुसार बैद्य नेतृत्वको माओबादी समूह भित्र एमाओबादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रति गम्भिर ढंगको रीजर्भेसन रहेको छ , उनीहरु श्रेष्ठलाई मुख्य ३ नेताका कोटिमा राख्न चाहन्नन् |

माओबादीका नेता – कार्यकर्ताहरु मिहन बैद्य किरण एकीकृत पार्टीको अध्यक्ष बन्नुपर्छा भन्ने पक्षमा छन् |तर उनीहरु प्रचण्डको नेतृत्वलाई पूर्ण रुपमा अश्वीकार गर्नु पर्छ भन्ने पक्षमा छैनन् |

नेतृत्व पंक्तिमा प्रचण्ड र किरण पछिको हैशियतमा राम बहादुर थापा बादल रहनुपर्छ भन्ने मत बलियो देखिएको छ |नारायणकाजी श्रेष्ठले विगतमा निर्बाह गरेको भूमिका स्वाभाविक सहज र क्रान्तिकारी शक्ती बिचको एकतालाई बल पुर्याउने प्रकारको नभएको माओबादी पार्टीका नेता कार्यकर्ताहरुको ठहर छ |

त्यसैले नारायणकाजी श्रेष्ठलाई हाल प्राप्त हैशियतमा कटौती गर्नुपर्छ भन्नेमा बैद्य समूहका नेता कार्यकर्ता रहेका छन् |त्यसो त माओबादीभित्र पनि प्रचण्डलाई अध्यक्षका रुपमा देख्न नचाहनेहरुको पनि संख्या ठुलो छ |

परि थापा र रामसिंह  श्रीष लगाएतका नेताहरु त प्रचण्ड प्रति यति सम्म आशंका गर्छन कि एकता नै एउटा खेल मात्र हुन सक्ने उनीहरुको ठम्याई छ |

त्यस्तै माओबादी आन्दोलनलाई विभाजित तुल्याउने र पार्टीबाट  मोहन बैद्य र बाबुराम भट्टराईलाई खेद्ने भूमिकामा नारायणकाजी श्रेष्ठ रहेकाले उनलाई एकता प्रक्रियामा नै साइजमा रख्नुपर्छा भन्ने मत माओबादीभित्र बलियो देखिएको छ |

तर नारायणकाजी श्रेष्ठलाइ घटुवा गरेर हुने एकताले पार्टीलाई कसरी एकताबद्ध राखिरहन योगदान पुर्याउला प्रस्न गम्भिर बनेको छ |

आजको घटना र विचार साप्ताहिकमा यो खबर प्रकाशित छ |

 

 

 

 

 

Leave a Reply