पशुपालनका लागि रु तीन अर्ब ६८ करोड लगानी

पशुपालनका लागि रु तीन अर्ब ६८ करोड लगानी

बाबियाचौर (म्याग्दी), फागुन ५- जिल्लामा व्यावसायिक पशुपालनका लागि रु तीन अर्ब ६८ करोड ४१ लाख ६६ हजार लगानी भएको छ ।

व्यावसायिक रुपमा गाईभँैसी र भेडाबाख्रापालन गर्न सो रकम लगानी गरिएको हो । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लाभर ९२ वटा गाईभँैसी र २८७ वटा भेडाबाख्रा फार्म रहेका छन् । पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीले व्यावसायिक फार्म सञ्चालनका लागि पूर्वाधार तयार गर्न थप रु २३ करोड ५५ लाख लगानी भएको जानकारी दिनुभयो ।

व्यावसायिक पशुपालनको माध्यमबाट जिल्लामा एक हजार ५०० जनाले रोजगारी पाएका छन् । जिल्लामा दूध उत्पादनका लागि २९६ भँैसी, ५७२ गाई, आठ हजार ४८६ बाख्रा र १२ हजार ४८० भेडा मासु उत्पादनका लागि व्यावसायिक रुपमा पालिएका छन् । जिल्लामा १५९ वटा बाख्रा फार्म, ५८ वटा भेडा फार्म, ६० वटा संयुक्त भेडाबाख्रा फार्म रहेका छन् ।

सदरमुकाम आसपासका क्षेत्रमा दुग्ध उत्पादनका लागि गाईभँैसी तथा ग्रामीण र लेकाली क्षेत्रमा भेडाबाख्रापालन गरिएको वरिष्ठ पशु चिकित्सक दयाराम चापागाइँले बताउनुभयो । बीस भन्दा बढी भेडाबाख्रा तथा पाँच भन्दा बढी गाईभँैसी पाल्ने कृषकलाई व्यावसायिक मान्ने गरिएको छ ।

Leave a Reply