भारतीय राजदुतद्वारा ओलीले पहिलो भ्रमण भारत रोजेकोमा खुसि ब्यक्त

रञ्जित रे

क्यापिटल खबर सम्बाददाता,

काठमाडौँ, फागुन ५- भारतीय राजदुत रञ्जित रे आज भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण सफल हुने बतउनु भएको छ |

कार्यक्रम मा बोल्दै उहाले बार्ता र सम्बादबाट नै दुई देश को सम्बन्ध बलियो हुने बताउनु भएको छ | उहाँले केपी ओलीले पहिलो भ्रमण भारत  रोजेकोमा खुसि ब्यक्त गर्नुभएको छ | पछिल्लो समयमा नेपाल र भारतवीचको सम्बन्धमा उतारचढाव आएको बताउनु भएको छ साथै प्रधानमन्त्रीको यो भ्रमणले यस्तो असहज परिस्थितिको अन्त्य गर्न सक्ने बताउनु भएको छ |

उहाँले भन्नुभयो ‘हामीले जलविद्युतको कसरी विकास गरेका छौं र भुकम्प पछिको पुनर्निर्माण कसरी गरेका छौं भनेर प्रधानमन्त्रीलाई टेहरी र भुजको भ्रमण गराउँदैछौं |’ राजदुत रेले नेपालमा प्रदेशहरुको पुनःसीमांकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय सकारात्मक भएको भन्दै नेपालले आन्तरिक समस्या सम्वादबाटै समाधान गर्ने विषय सकारात्मक भएको बताए |

एक उत्तर छोड्न