तीन बस एकापसमा ठक्कर खाँदा २८ जना घाइते

0
तीन बस एकापसमा ठक्कर खाँदा २८ जना घाइते

नवलपरासी, फागुन ५- नवलपरासीमा आज तीन बस एकापसमा ठक्कर खाँदा २८ जना घाइते भएका छन् जसमध्ये छको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी तीनवटै बसका गरी २८ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते १० जनाको अहिले भरतपुरमा उपचार भइरहेको छ । त्यसैगरी, अन्य १८ जनाको अहिले कावासोतीमा उपचार भइरहेको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ कावासोती सडकखण्डको खरकट्टा जङ्गलमा सो दुर्घटना भएको हो । नारायणगढबाट डन्डा आउँदै गरेको स्थानीय रुटमा चल्ने ना २ ख ७९०८ नम्बरको बस, नारायणगढबाट बुटवल जाँदै गरेको ना ५ ख ५००६ को बस र अर्किड कलेज भरतपुरको ना १ ख ४८०० नम्बरको बस एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो ।

एक उत्तर छोड्न