हुचिलसहित सातजनालाई पक्राउ

हुचिल

काठमाडौँ, फागुन ५- महानगरीय अपराध महाशाखाले दुर्लभ वन्यपक्षी हुचिलसहित सातजनालाई पक्राउ गरेको छ ।

संरक्षित तथा दुर्लभ वन्यजन्तु हुचिलको अबैध बिक्रीवितरण र कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले बुधबार तारकेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा फुजेलका विष्णु अमगाई, सुमन लामिछाने, बोर्लाङ्का दीपकराज रेग्मी, चउरपानीका वीरमान गुरुङ, झापा कोहवाराका पृथ्वी चेम्जोङ, मोरङ पथरीका वीरबहादुर खत्री र ललितपुर महालक्ष्मीका भुवेन लामालाई पक्राउ गरेको हो ।

उनीहरुबाट एक गाडी, दुई मोटरसाइकल र एक स्कुटरसमेत बरामद गरेको छ । उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको पनि प्रहरीले जनाएको छ । रासस

एक उत्तर छोड्न