काठमाडौँ काँग्रेसमा बानियाँ

कृष्ण (सबुज) बानियाँ

काठमाडौँ, ५ फागुन- नेपाली काँग्रेस काठमाडौँको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित हुनुभएको छ ।

आज भृकुटीमण्डपमा सम्पन्न जिल्ला अधिवेशनबाट बानियाँ निर्वाचित हुनुभएको मतदान अधिकृत सर्वज्ञराज नायलेले जानकारी दिनुभयो । कुल खसेको एक हजार २२२ मतमध्ये बानियाँ ६५३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी भीमसेनदास प्रधानले ५६५ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै, सचिव र कोषाध्यक्षमा बानियाँ समूहकै राजकुमार नकर्मी र गोविन्द पुडासैनी निर्वाचित हुुनुभएको छ । नकर्मीले ६६९ र पुडासैनीले ६४९ मत प्राप्त गर्नुभएको हो ।

Leave a Reply