परीक्षा नियन्त्रकको जिम्मा गोरखाका काप्रीलाई

परीक्षा

काठमाडौं, फागुन ६ – परीक्षा नियन्त्रक खगेन्द्र  नेपाललाई मष्तिष्कघात भएपछि परीक्षा नियन्त्रकको जिम्मा गोरखाका काप्रीलाई दिइएको छ |गोरखा नाम्जुंग निवासी सहसचिव कृष्णप्रसाद काप्रीलाई परीक्षानियन्त्रकको जिम्मेवारी दिइएको हो  ।

शिक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सहसचिव काप्रीलाई परीक्षानियन्त्रकको जिम्मेवारी दिइएको मन्त्रालय परीक्षाका प्रवक्ता हरिप्रसाद लम्सालले जानकारी दिए ।

काप्री मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक थिए ।डेड महिना पहिले देखि पुननिर्माण प्राधिकरण अन्तार्गत रहने गरि पी आइ यु को जिम्मा लिएर काम गरिरहनुभएका काप्री कर्मचारी प्रशासनमा एक इमान्दार कर्मचारीको रुपमा मानिन्छन् | काप्रीसंग बिगतमा अधिकृत हुँदा समेत परिक्षामा काम गरेको अनुभब छ |

 

Leave a Reply