प्रजातन्त्र सेनानी ठाकुरको निधन

नेपाल

कलैया, फागुन ६- नेपाली काँग्रेस प्रजातन्त्र सेनानी बारा गडहल बस्ने ७० वर्षीय शिवचन्द्र ठाकुरको उपचारका क्रममा बुधबार मृत्यु भएको थाहा भएको छ ।

लामो समयदेखि नेपाली काँग्रेसमा सक्रियरुपमा पार्टीका विभिन्न जिम्मेवार पदमा रही सेवा गर्दै आउनुभएका ठाकुर केही वर्षदेखि दम तथा मधुमेह रोगबाट पीडित भई घरमा नै उपचार गर्दै आउनुभएकोमा अचानक रोगले चापेपछि उपचारका लागि वीरगन्ज अस्पतालमा भर्ना भई उपचार भइरहेको अवस्थामा बुधबार मृत्यु भएको थियो ।

उहाँको मृत्युमा नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाकान्त चौधरीले गहिरो दुःख व्यक्त गर्दै मृतकको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । मृतक ठाकुरका श्रीमती, चार छोरा र दुई छोरी रहेका छन् ।

एक उत्तर छोड्न