फुजेलकी गंगामाया सिकिस्त

काठमाडौं – छोराको हत्यारालाई कारबाही माग गर्दै लामो समयदेखि अनशनरत गोरखा, फुजेलकी गंगामाया सिकिस्त बिरामी परेकी छन् |

अहिले  गंगामाया अधिकारीको स्वास्थ्यमा थप समस्या निम्तिएको छ । बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्र भर्ना गरिएकी उनलाई खुट्टाको नसामा रगत जम्ने ‘डिप भेन थोम्ब्रोसिस’ (डिभिटी) समस्या देखिएको चिकित्सकले जनाएका छन् ।

चिकित्सकका अनुसार डिभिटीका बिरामीको समयमै उपचार नभए नसामा जमेको रगत सर्दै मुटु, मस्तिष्क र फोक्सोमा पुगेर ज्यानै जान सक्छ । गंगालालको आइसियुमा राखिएकी गंगामायालाई डा. रवि मल्ल र डा. द्वारिा शर्माको टोलीले उपचार गरिरहेको छ । गंगामायालामो समयदेखि वीर अस्पतालमा अनशन बस्दै आएकी छन् ।

आजको नागरिक दैनिकमा यो खबर प्रकाशित छ ।

 

Leave a Reply