नयाँ शक्ति को लोगो र झण्डाको लागि पुरस्कार घोसणा

नयाँ शक्ति

काठमाडौं,  फागुन ६ –  नयाँ शक्ति नेपालले नयाँ शक्तिको लोगो र झण्डाको लागि पुरस्कार घोसणा गरेको छ |

नयाँ शक्तिसो को लागि सर्वसाधारणलाइ आब्हान समेत  गरेको छ ।

विहीबार बसेको संगठन बिभाग र केन्द्रीय सचिवालय बैठकले नयाँ शक्ति अभियानलाई सुझाव दिने र उत्कृष्ठ लोगो निर्माण गर्ने सर्वसाधारणलाई उत्कृष्ठ पुरस्कारको घोषणा गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।उनका अनुसार बैठकमा संगठन निर्माण सम्बन्धि कार्यसूचीमा पार्टीको लोगो र झण्डाबारे ब्यापक छलफल भएको थियो ।

उक्त छलफलबाट तीन दिनको समय दिएर सर्वसाधारणको सुझाव लिने र सोही सुझावका आधारमा छनोट गर्ने निर्णय गरिएको छ । यसरी सार्वजनिक सुझाव दिँदा नयाँ शक्तिनेपालको अवधारणा झल्कन पर्ने, नेपाली समाजका मुख्य तीन कलष्टरको प्रतिनिधित्व हुन पर्ने, पाँच स को मर्मबोध हुनपर्ने र झण्डा मध्ये उत्कृष्टलाई चयन गरिनेछ ।

 

Leave a Reply