पैँतीस वर्षपछि फरार अभियुक्त पक्राउ

निश्चल हत्या अभियोग

मेलम्ची, ७ फागुन । विसं २०३७ मा सिन्धुपाल्चोक मांखा गाविस वडा नं ७ र ३ का तत्कालीन प्रधानपञ्च जीतबहादुर तामाङको हत्याकाण्डमा संलग्न रहेका फरार दुई अभियुक्तलाई बाह्रबिसे प्रहरीले पक्राउ गरी गएराति सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाएको छ ।

हत्याकाण्डमा संलग्न रहेकाले सर्वोच्च अदालतले २०४८ असार १९ गतेको फैसला बमोजिम मांखा गाविसका ६४ वर्षीय खिकाप्रसाद तिमल्सिना र सोही ठेगाना भएका ६६ वर्षीय देवदोर्जे तामाङलाई जनही २० वर्ष कैद सजाय सुनाएको थियो ।

दुई फरार अभियुक्त हालसम्म फरार रहेको र बाह्रबिसेबाट खटिगएको प्रहरी टोलीले निजको घरबाट नै पक्राउ गरेको इप्रका, बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताउनुभयो ।

एक उत्तर छोड्न